सुन्दा पनि अचम्म लाग्छ, काम नै रक्सी चाख्ने, जसले बोतलको २० लाख पर्ने वाइन चाखे…. !
सिन्धुपाल्चोक फटकशिलाका केशब घोरासैनी २०६३ सालमा पढाइ र कामको खोजिमा काठमाडौँ आएका हुन् । भर्खरै जनआन्दोलन सकिएर मुलुक परिवर्तनको दिशा तिर अग्रसर भइरहदा घोरासैनी आफ्नो क्यारियर बनाउन उद्दत रहे । उनले दरबारमार्गस्थित १९०५ रेस्टुरेन्टको बारमा काम सुरु गर्दै पढाईलाई निरन्तरता दिए । त्यही बेला हो, घोरासैनिले सुर्य नेपाल प्राइभेट लिमिटेडले आयोजना गरेको राष्ट्रिय बार टेन्डर प्रतियोगितामा बेस्ट बार टेन्डर अवार्डनै हात पारेको ।
सिन्धुपाल्चोकको सामान्य गाउँबाट काठमाडौँ आएका घोरसैनीले बारमा काम गर्ने अवसर मिल्ला र त्यही बारमा काम गरेको अनुभवकै आधारमा बिश्वका महत्वपूर्ण मान्छेहरुसंग हिमचिम बढ्दछ भन्ने सपनामा पनि देखेका थिएनन् ।
No comments: