साझाको रात्रीकालीन बस सेवा सुरु : (पुरा पढ्नुहोस)

साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–महारागञ्ज टिचिङ–बासबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ । बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रीकालिन सेवा भएकाले यात्रु जहाँ झारे पनि २५ रुपैया भाडा लिइने जानकारी दिए । ‘बन्द, हड्ताल, चाडपर्व पनि बस सुचारु राखिनेछ,’ उनले भने ।
साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए । ‘बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ’ उनले भने । यसअघि महानगरपालिकाले १० करोड रुपैयाँ शेयर खरिद गरिसकेको छ ।
सेमी लो फ्लोर बस समथर सडकमा चल्छ । बस सममान्यतया अन्य भन्दा महंगो हुन्छ । बसमा चढ्न र ओर्लन अपांगता भएका व्यक्ति, अशक्त र बिरामीहरुलाई लिफ्टको जरुरत नपर्ने साझाले जनाएको छ । पछिल्लो समय सञ्चालनमा ल्याइएका अपांगमैत्री बस म्यानुअल लिफ्टको थियो । उपत्यका बाहिर लामो दुरीमा साझाका ६ वटा बस सञ्चालनमा छन् ।
काठमाडौ–(बागलुङ, बीरगञ्ज र भैरहवा चल्ने बसमा २० प्रतिशत भाडा छुट गरिएको छ । प्रमुख कार्यकारी अधिकृत पाण्डेले उपत्यकामा चल्ने बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्न स्मार्ट ट्राभल कार्डको परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सुरुमा लगनखेल–नयाँबसपार्क चल्ने १० वटा गाडीमा मेसिन जडान गरिनेछ,’ उनले भने, ‘सर्वसाधारणले केही दिनमै बस चढदा स्मार्ट कार्डबाट भाडा तिर्न सक्नेछन् ।’
यात्रुले बसको ढोकामा राखिएको डिभाइसमा कार्ड सेन्सर गराएपछि भाडाबापतको रकम आफैं काटिनेछ । कार्ड रिचार्ज गर्न सहचालकलाई रकम बुझाएर वा साझाको कार्यालयमा सम्पर्क गर्न सकिने साझाले जनाएको छ । भाडाबापत काटिएको रकम साझाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा हुनेछ ।
कान्तिपुर दैनिकमा समाचार छ ।
No comments: