दाइजोमा कार नपाएपछि बेहुलाले रोके विवाह, बेहुलीले त्यसै मण्डपमा गरिन् अरुसँग विवाह
स्नातक गरेकी भारतकी रेणुले एउटा यस्तो काम गरेकी छिन् जसका कारण उनी अन्य युवतीका लागि पनि उदाहरणको रुपमा खडा भएकी छिन् । उनले दाइजोका लोभी दुलाहाले विवाह हुने केही क्षण अघि मात्रै उनीसँग विवाह गर्न अस्विकार गरेपछि उनले यस्तो कदम उठाइन् जसको निकै चर्चा र प्रशंसा भइरहेको छ ।
यसबारे छिमेकीले थाहा पाउने बित्तिकै उनीहरु रेणुको बुवाको घरमा उनलाई बधाई दिन ओइरिए ।
दुबै बिच पाँच मिनेटको भेटधाट, दाइजो बिना भयो विवाहः
– रेणु कासनियाँको विवाह हरियाणा निवासी राजवीर कन्स्वाका छोरा पवन कन्स्वासँग फेब्रुअरी १९ तारिखमा विवाह हुने कार्यक्रम तय भएको थियो ।
– त्यस रात रेणुले पवनको कुरा ठट्यौलीमा लिइन् । विवाह हुने दिनको बिहान पवनले पुनः नगद र कार ससुरालीले उपहारस्वरुप दिनुपर्ने शर्त राखी यसो नभए जन्ती नल्याउने धम्की पनि दिए ।
– बिचौलीयाले पवन र उनका बुवालाई सम्पर्क गरेर पंचायत बोलाइन् र यसो गर्दा गर्दै १९ फेब्रुअरीको रात बित्यो ।
– बेहुली रेणुको घर बिस्तारै पाहुनाहरु आउन सुरु गरिसकेका थिए ।
– रेणुको विवाहमा पुलिस कन्स्टेबल कपिल घिंटाला पनि आफ्ना इन्जिनियर छोरा राकेशसँग विवाहमा सहभागी हुन आएका थिए ।
– पाँच मिनेटको औपचारिक भेटघाटपछि दुबै विवाहका लागि राजी भए । राती दुई बजे राकेश बाजा गाजासहित रेणुको घरमा जन्तीसहित पुगे ।
– बेहुलीका पिता राजेन्द्रले आफ्नी छोरीले यति ठूलो साहसिक कदम उठाउने बारे कहिले पनि नसोचेको बताए । बेहुला राकेशले आफ्नी श्रीमतीको विचारबाट प्रभावित भएका कारण उनलाई विवाहको प्रस्ताव गरेको बताए । उनले भने, ‘हामी दुबैको विचार मिल्छ । मलाई दाइजो होइन, एक राम्रो विचार भएकी जीवनसाथी चाहिएको थियो । मेरो इच्छा रेणुको रुपमा पूरा भएको छ ।’
No comments: