बच्चा ठानेर गर्भमा आफ्नो मृत्यु पालिरहेकी थिइन् यी युवतीले, वास्तविकता थाहा पाउँदा उड्यो होश
२० वर्षीया एलिस हलले सन् २०१६ को जुन महिनामा बारम्बार रिंगटा लाग्ने समस्या देखिएपछि गर्भ परिक्षण गर्ने सोच बनाइन् । डाक्टरले उनलाई चार महिनाको गर्भवती घोषित गरिदिए ।
सुरुमा अचम्मित भएपछि एलिस र क्रिस्टोफर टोल्स, २४, उनको ९ महिने प्रेमी, आमाबुवा बन्न लागेकोमा निकै खुसी थिए ।
तर आठ हप्तापश्चात् एलिसको अत्यधिक रक्तश्राव भयो र तत्काल हेर्फोर्ड कन्ट्रि अस्पताल पुर्याइयो ।
‘तर गर्भ परिक्षणले म अझै पनि गर्भवती भएकै देखाइरहेको थियो किनभने मेरो पाठेघरले त्यहाँ बच्चा भएको सोचिरहेको थियो र मेरो शरिरले गर्भवतीको लक्षण देखाइरहेको थियो ।’
एलिसलाई घर फिर्ता पठाइयो तर एक हप्तापछि अत्यधिक पिडा भएपछि उनी पुनः अस्पताल भर्ना भइन् ।
डाक्टरहरुले उनको स्थितीलाई इक्टोपिक प्रेगनेन्सीको संज्ञा दियो । यो यस्तो स्थिती हो जसमा बच्चा गर्भमा नहुर्किई फ्यालोपियन ट्युबमा हुर्कन्छ ।
उनले गर्भबाट ‘प्रेगनेन्सी टिस्यु’ हटाउनु पर्यो । त्यसको दुई दिनपछि रगत परिक्षण गर्दा उनको हर्मोनको स्तरमा अत्यधिक कमी पाइयो । यद्यपी, त्यसको पनि दुई दिन पछि एलिसले अर्को गर्भ परिक्षण गरिन् जसको नतिजा सकारात्मक आयो ।
उनको स्थिती नाजुक देखेपछि चेरिङ क्रस अस्पतालमा रिफर गरियो । त्यहाँ उनलाई जेस्टेसनल ट्रोफो–ब्लाष्टिक नियोप्लासिया (जिटिएन) ले उनको गर्भमा ट्युमर बढ्न सहयोग गरिरहेको थियो ।
त्यहाँ डाक्टरहरुले उनको गर्भको टिस्युलाई हटाए जुन पछि क्यान्सरको टिस्यु भएको पत्ता लाग्यो ।
उनले ८ पटक केमोथेरापी गराइन् जसले उक्त ट्युमरलाई बढ्न रोक्थ्यो ।
सेप्टेम्बर महिनाको एक बिहान उनी अत्यधिक पीडाका कारण उठिन् । एलिसले डाक्टरलाई बोलाइन् जसले उनी सुत्केरी व्यथामा भएको बताए ।
उनलाई हेयरफोर्ड कन्ट्रि अस्पतालमा पुर्याइयो जहाँ उनले एक ट्युमरलाई ‘जन्म दिइन्’ जसको तौल १ किलो भन्दा अलि बढि थियो ।
तीस घण्टाको दुखाई पछि उनले उक्त ट्युमरलाई ट्वाइलेटमा निकाल्न सफल भएको बताइन् ।
No comments: