-->

Ads Top

भारतीय उद्योगी अम्बानीभन्दा गरिब छ नेपाल, अरु १८ देश पनि

काठमाडौं, फागुन १३ –  भारतीय उद्योगी मुकेश अम्बानी भन्दा नेपाल गरिब भएको तथ्य सार्वजनिक भएको छ । फोब्र्सको नयाँ रिपोर्टअनुसार नेपालसँगै विश्वका १९ देश अम्बानीभन्दा गरिब भएको तथ्य सार्वजनिक भएको हो । 
फोब्र्सका अनुसार मुकेश अम्बानीको सम्पति झण्डै २३ अर्ब डलर छ । विश्वमा त्यस्ता १९ देश छन् जसको जम्मा जिडिपी २३ अर्ब डलर भन्दा कम छ । नेपालसँगै दक्षिण एसियाको अफगानिस्तान पनि अम्बानीभन्दा गरिब देखिएको छ ।
नेपाल र अफगानिस्तानसँगै अम्बानीभन्दा गरिब देशको सूचीमा रहेका देशमा अल्बानिया, निकारागुआ, लाओस, जमाइका, माली, जिम्बावे, जर्जिया, गेबान आइसल्याण्ड, सेनेगल, बोस्निया, कम्बोडिया, आइसल्याण्ड, पपुवा न्युगिनि, साइप्रस, जाम्बिया, होन्डुरस, ट्रिनिडाड एण्ड टोब्यागो रहेका छन् ।
        देश        -        जिडिपी
  • नेपाल            -     २१.२
  • अफगानिस्तान   - १६.४                        
  • अल्बानिया          -    १२.१    
  • निकारागुआ         -      १३.४
  • लाओस           -      १३.८
  • जमाइका             -   १३.८
  • माली                 -  १४.१ 
  • जिम्बावे                - १४.२
  • जर्जिया                  - १३.५
  • गेबान आइसल्याण्ड     -   १४.६
  • सेनेगल                  -  १४.९
  • बोस्निया           -  १६.५
  • कम्बोडिया       - १९.४
  • आइसल्याण्ड     - १९.४
  • पपुवा न्युगिनि   -  १९.९
  • साइप्रस          - १९.९
  • जाम्बिया    - २०.६
  • होन्डुरस      - २०.९
  • ट्रिनिडाड एण्ड टोब्यागो  - २२.८

No comments:

Powered by Blogger.