बरको रुखभित्र रहेको शिवालय मन्दिरको संरक्षणमा म्याग्दीवासी सक्रिय
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्च नजिक बरको रुखभित्र रहेको शिवालय मन्दिरको संरक्षणमा स्थानीयवासी सक्रिय भएका छन् । करिव ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक धार्मिक तीर्थस्थलको रुपमा रहेको मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापनाका लागि महाशिवपुराण ज्ञान महायज्ञ गरिने भएको छ ।

प्राचीन महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले यही फागुन ८ गतेदेखि १९ गतेसम्म महायज्ञको आयोजना गरिने महायज्ञ मूल आयोजक बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ । महायज्ञबाट संकलित रकमले मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना गरिने संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए ।
मन्दिरको चारैतिरबाट फैलिएको बरको रुखभित्र रहेको मन्दिरलाई धार्मिक तथा पर्यटकीय महत्वले समेत प्रचारप्रसार गर्न सकिने स्थानीयबासीको भनाई छ । कुनैसमय स्थानीयवासीले दिनरात श्रमदान गरेर सामान्य मन्दिर बनाई पुजाआजा गर्ने मन्दिरमा भेटी र चन्दाबाट पूर्वाधार विस्तार गरिएपनि अझै आर्थिक समस्या रहेको मन्दिर ब्यवस्थापन समितिको भनाई छ ।
बेनीबजारको भ्रमण्मा आउने आन्तरिक तथा बाह्य पर्यटकले मन्दिरमा पुगेपछि आश्र्चय प्रकट गर्ने गरेका छन् ।बेनी शिवालय मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, बालाचर्तुदर्शी, शिवरात्रीलगायतका दिनमा बिशेष पुजाआजा हुँदै आइरहेको छ । महायज्ञमा तीस लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गर्ने अपेक्षा गरिएको महायज्ञ सञ्चालनका गरिएको छ ।
No comments: