-->

Ads Top

बाग्लुङ्गका १८ वर्षीय भिम सुनारले बनाए 'ओशियन' गाडी (पुरा हेर्नुहोस)

काठमाडौँ, ९ फागुन, बाग्लुङ्गका १८ वर्षीय यूवक भिम सुनारले 'ओशियन' नामको गाडी निर्माण गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा यूवक सुनारले एक महिना समय लगाएर निर्माण गरेको गाडी सार्वजनिक गरेका हुन् ।
सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् । उनले भने, 'म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नु पथ्र्यो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाएँ, आज आएर ओशियन नामको चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।'
सुनारले अघि थपे, 'यो गाडी ८० हजार लगानीमा निर्माण भएको छ, ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केही गर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।'
सञ्चारकर्मीले मेशिनको निर्माण कसरी गर्नु भयो नि ? भनेर गरेको प्रश्नको जवाफमा उनले भने, 'लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईकको इन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रीबाट चल्ने गाडी बनाउने हो, लगानी भयो भने सबै आफैँले निर्माण गर्नसक्छु, यो गाडीको स्ट्रिङ मैले आफैँ बनाएको हुँ, राज्यले हामीलाई नहरे पनि आफ्नै लगानीमा आफ्नो सिपलाई जीवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन, यसमा दुःख लाग्छ ।'
आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्नेसाथै तरकारी काट्ने मेसिन बनाउने बताउँछन् ।

No comments:

Powered by Blogger.