-->

Ads Top

चलेका मोडलले धमाधम पारिश्रमिक बढाउन थालेपछि सबैको रोजाई बन्न पुगिन् केकी अधिकारी

काठमाडौं । म्युजिक भिडीयोमा अभिनय गर्ने मोडलको आ आफ्नै पारिश्रमिक रेट छ । जसमध्ये सबैभन्दा बढी रेट लिने सुन्दरी हुन् नायिका प्रियंका कार्की । कार्कीले एउटा म्युजिक भिडियोमा काम गरे बापत ५० हजार रुपैयाँ परिश्रमिक लिँदै आएकी छिन् । कार्कीपछि बढी पारिश्रमिक लिनेमा मोडल पल शाह पर्छन् ।



उनले करिब ५० हजारकै हाराहारिमा पारिश्रमिक लिने गरेको एक गायिकाले नाम उल्लेख नगर्ने शर्तमा बताइन् । त्यस्तै पुष्पल खड्का, वर्षा राउत, केकी अधिकारी, सृष्टि श्रेष्ठले आफ्नो रेट बढाउँदै लगेका छन् ।

जसमध्ये पुष्पलले अहिले ४०, सृष्टीले एक लाख भन्दा माथि बार्गेनिगं गरेर लिँदै आएकी छिन् भने केकी अधिकारीले आवश्यकता अनुसार सानो वा ठूलो रेटमा पनि का गर्न तयार देखिन्छिन् । त्यस्तै वर्षाले पनि रेट बढाउँदै अहिले ४० देखि ५० हजारको डिमाण्ड गर्न थालेको स्रोत बताउँछ ।

हालै केकीलाई लिएर एउटा भिडियो गरेका गायक भन्छन् अरुले स्तर भन्दा पारिश्रमिक बढाउन थालेपछि सबैको रोजाईमा केकी पर्न थालेकी छिन् । केकीले मध्यम पारिश्रमिकमा खेलेको यो भिडियो हेर्नुहोस्

No comments:

Powered by Blogger.