आर आर क्याम्पसमा ताला मात्र लगाएनन् ,आगो नै लगाए (पुरा पढ्नुहोस)

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता गराउने दिन शनिबार विद्यार्थीहरूले रत्नराज्यलक्ष्मी क्याम्पसको स्टोररुममा आगजनी गरेका छन् । आगजनीबाट क्याम्पसका पुराना कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको हो ।
नेपाल विद्यार्थी संगठन (नेविसंघ)सहित नेत्रविक्रम चन्द माओवादी र संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठनले आरआरको निर्वाचन कार्यालयमा तालाबन्दी पनि गरेका थिए ।
यसरी तालाबन्दी र विरोधकाबीच अनेरास्ववियुले उम्मेदवारी मनोनयन गरेको भन्दै विरोधमा उत्रिएपछि एमाले निकट अनेरास्ववियुले आक्रमण गरेको नेविसंघले आरोप लगाएका छन् ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले भने चुनाव हार्ने भयले नेविसंघले आक्रमण गरेको आरोप लगाएकी छन् । त्यस्तै, नेविसंघले अन्य ठाउँबाट कार्यकर्ता ल्याएर आफूहरुमाथि आक्रमण गरेको अनेरास्ववियुले आरोप लगाएको छ ।
विभिन्न विद्यार्थी संगठनले मुलुकभरका अधिकांश क्याम्पसमा तालाबन्दी गरेपछि आजका लागि तय भएको उम्मेदवारी दर्ता कार्यक्रम प्रभावित भएको हो । यसैबीच, स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ ।
पहरीका भनाई अनुसार अहिले भने क्याम्पस क्षेत्रको स्थिति नियन्त्रणमा आएकोे छ । आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम तय भएको थियो । क्याम्पस क्षेत्र वरपर व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
कांग्रेस भ्रातृ संगठन नेविसंघ, नयाँ शक्ति र मधेश केन्द्रित दलका विद्यार्थी संगठनले तालाबन्दी गरेपछि काठमाण्डौ उपत्यकाका अधिकाशं क्याम्पस र मुलुकका विभिन्न क्याम्पसमा मनोनयन दर्ता हुन सहिरकेको छैन ।
No comments: