सेतोपानी बग्ने समस्याले हैरान वनाएको छ ? यसरी प्रयोग गर्नुहोस् तीतेपाती

दैनिक जीवनमा आइपर्ने धेरै स्वास्थ्य समस्या सतीतेपातीले समाधान हुन्छ । विशेषगरी महिनावारी भएपछि सरसफाइको कमीका कारण कतिपय महिलाको गुप्तांग को समस्या देखिने गर्दछ । हातले कन्याउँदा कन्याउँदा हात नै फोहोर हुने कतिपय अवस्थामा कन्याउन पनि असहज हुने अवस्थाले कतिपय महिला हैरान भएको गुनासोसमेत गर्छन् । यस्तो बेला तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुने डाक्टर हरु वताउछन् ।
तीतेपाती लगाउनुअघि मनतातो सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ । कतिपय महिलाको धेरै नै सेतो पानी बग्ने समस्याले हैरान भएका हुन्छन् । अलिअलि सेतो पानी बग्नु प्राकृतिक कुरा हो । गन्हाउने पीपजस्तो पानी बग्दा घरमै पनि समस्या समाधान गर्ने उपाय हो तीतेपाती ।
तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दलेमा वा त्यसलाई उमालेर बाफ लिएमा तीतेपातीको मनतातो पानी राखेको ठूलो मुख भएको भाडामा थचक्क बस्ने उक्त समस्या धेरै हदसम्म निको हुने डाक्टर हरु वताउछन् ।
नेपालमा पहिलेदेखि नै गाउँघरमा तीतेपातीको प्रयोग हुँदै आएको छ । तर यसको उपयोगिताबारे कमैलाई थाहा छ । तीतेपातीको अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग गरिन्छ । तीतेपातीको रस लगाउनाले लुतो, ससाना घाउ, खटिरा पनि निको हुने गर्छन् ।
No comments: