नांगा बाबा को नाङ्गो आतंक ले महिलाहरु रुष्ट: नांगा बाबा बारे के भन्छन त महिला हरु

‘जेठाजुलाई कपाल नदेखाउने प्रचलन रहेको हाम्रो समाजमा बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ ।’ यो एक अर्को महिलाको धारणा हो ।
कोही महिलाहरु भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन । नागा बाबा शिवरात्री कै आकर्षक पनि हो ।’ दर्शन गर्न आएकी एक महिलाले भनिन् । तर अर्को बिडम्बना बाबा हरु ले अभद्र व्यवहार गरेको पनि पाइएको छ र त्यहि अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।
नांगा बाबा हरुको अभद्र व्यवहारहरुमा कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन् ।
No comments: