फेरि फिल्मको ओइरो

त्यसपछि स्वदेश फर्किए । यतिबेला सौगात मल्ल, दयाहाङ राईजस्ता खारिएका अभिनेताको दबदबा बढिसकेको थियो । त्यसैले निखिलले पुरानो साख फर्काउन नसक्ने अनुमान गर्ने धेरै थिए । तर, भइदियो उल्टो ! उनलाई फेरि फिल्मको ओइरो लाग्न थालेको छ । निर्भय, रुद्र र राधे प्रदर्शन हुन बाँकी छदै पिंजडा ब्याक अगेनमा अनुबन्ध भइसकेका छन् ।
जबकि, उनको पछिल्लो फिल्म किङले बक्स अफिसमा कुनै करामत देखाउन सकेन । यसरी ‘आलुको भाउ’मा फिल्म खेल्दा पुरानै नियति दोहोरिन्छ भन्ने हेक्का निखिललाई कहिले आउला ?
No comments: