केपी ओलीको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ घर निर्माण हुन्थ्यो !
ओलीले लिएको उपचार खर्चबाट १ किमी सडकका लागि ५ लाख लाग्दा पनि ३५४ किलोमिटर पक्की मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७,६६७ बिजुलीका पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा फारमका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फारम, प्रतिघर ३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर र एउटा सिंगो धरहरा बन्न सक्थ्यो ।
ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । देशले सधैं रोगी नेता पाल्नुपर्ने बिडम्बना कहिले अन्त्य हुन्छ ? नेपालका लागि निकै ठूलो चिन्ताको विषय हो । यसरी हेर्दा ओलीले लिएको उपचार खर्चले देशको प्रगति नै रोकिएको भन्न सकिन्छ । फुर्सद न्यूज बाट साभार |
No comments: