-->

Ads Top

होसियार ! मदिरा बिक्री वितरणमा कडाई, भोजभतेरमा समेत खान नपाइने (पुरा पढ्नुहोस)

काठमाडौं । होसियार ! सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा सेवन गर्न नपाइने नीति ल्याएको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।

साथै बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ ।

मन्त्रिपरिषदबाट सोमबार पारित गरिएको नौ बुँदे उक्त नीतिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तीमा एक लिटरभन्दा बढी खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ ।
२१ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था पनि मिलाइएको मन्त्रालयले बताएको छ ।

सरकारको यो नीति कार्यान्वयन गर्न चाँडै नै कानुनी व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरुबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको विषयलाई समावेश गर्न प्रोत्साहन गरिने छ । सरकारले मदिराको हानिकारक सेवनलाई न्युनीकरण गर्न राष्ट्रिय मदिरारहित दिवस मनाउने नीति समेत लिएको छ ।

टेलिभिजन तथा चलचित्रमा प्रचार प्रसार हुने कुनै पनि कार्यक्रममा व्राण्ड वा लोगो झल्किने गरी मदिराको प्रवर्द्धन, विज्ञापन तथा प्रचारप्रसार गर्ने कार्य निषेध गरिने, कुनै पनि सार्वजनिक स्थलमा मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने, मदिराको बिक्री वितरणको लागि अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
चैत १ गतेबाट चुरोट–सूर्ति बिक्रीमा कडाई, यी हुन् ७ कानुनी व्यवस्था

No comments:

Powered by Blogger.