घुम्न जाने होइन त तिलिचो? कसरी जाने , कति लाग्ला खर्च?
गन्तव्य तिलिचोको लागि विदेशी पर्यटकहरुलाई टुर अपरेटरहरुले प्याकेज नै बनाएर बिक्री गर्ने भएपनि नेपालीहरुको लागि भने खासै त्यस्तो सुविधा पाइदैन। तर तिलिचो व्यक्तिगतरुपमा नै जान सकिने व्यावासयीहरुको भनाई छ।
पछिल्लो समय नेपालीहरुले घुम्ने सोख बढेको छ। विशेषगरी हिमाल पहाड,ताल तलैयाको अवलोकनको लागि घुम्न जाने शौखिनहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ। घुम्नको लागि खास मौसम, बजेटभन्दा पनि चाहना र प्रयोजन मुख्य भएको बताउँछन् पर्यटन व्यावसायीहरु।
सामन्यतया मौसमअनुसार गन्तव्यको सुन्दरता लिन सकिने भएकोले समयको पनि ख्याल गर्नुपर्ने व्यावासयीहरुको सुझाव छ। नेपालमा गर्मी मौसम सुरु हुँदै छ। यस्तोमा पहाडि तथा हिमाली क्षेत्रका गन्तव्यहरु उपयुक्त हुनसक्ने व्यवसायी विनोद गुरुङ बताउँछन्।
यसैबारेमा मनाङको तिलिचो कसरी जानेरु कति खर्च लाग्न सक्छ भनेर पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङलाई जिज्ञासा राखेका छौं।
उनका अनुसार तिलिचो काठमाडौंबाट तिलिचो घुमेर फर्कनको लागि बढीमा एक हप्ताको समय र प्रतिव्यक्ति बढीमा १५ हजार रुपैयाँ खर्च लाग्छ।
खर्चको हिसाबले व्यक्तिको स्वभाव अनुसार तलमाथि हुनसक्ने भएकोले १० हजारमा पनि पुग्नसकिने गुरुङको भनाई छ।
तिलिचो पुग्नको लागि काठमाडौंबाट लमजुङको बेसिसहरसम्म बस,पर्यटक बस,माइक्रोबाट जाने र त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ।
माथिल्लो मनाङबाट तिलिचो आधारशिविरसम्म पैदल जानुपर्ने र त्यही बस्ने व्यवस्था भएको गुरुङको भनाई छ।
आधारशिविरबाट भोलीपल्ट तिलिचो ताल अवलोकन गरेर बासबस्न फेरि त्यही फर्किन सकिन्छ। भोलीपल्ट त्यहाँबाट माथिल्लो मनाङ पुगेर पहिले आएकै बाटोबाट काठमाडौं फर्किन सकिने गुरुङको सल्लाह छ।
बीचबाटोमा बस्न,खानको लागि कुनै समस्या नभएको गुरुङले जानकारी दिए।
तस्बिर स्राेत: अाउटसाइन एड्भेन्चर प्रालि
No comments: