-->

Ads Top

‘डोजर काण्ड’ ले निक्कै हंगामा मच्चायो, के हो यसको रहस्य ?

काठमाडौं । सामाजिक सञ्जालमा आजभोली ‘डोजर काण्ड’ ले निक्कै हंगामा मच्चाएको छ । भाइरल बन्दै गएको ‘डोजर काण्ड’ले सामाजिक सञ्जालहरु रंगीविरंगी बनेका छन् ।

जहाँ डोजरले खनिरहेको छ– त्यहाँकै फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको संख्या यतिबेला धेरै छ । त्यसलाई सेयर गर्नेहरुको जमात पनि निकै रहेको छ ।

फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली छ ।
सामाजिक सञ्जालमा केही दिनअघि बालाजुमा चलिरहेको डोजरको फोटो पोष्ट भयो । सँगै त्यसलाई हेर्न जम्मा भएको ठूलो भीड पनि देखियो ।


त्यस्तै गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रौतहट पुगेर आफैंले पनि डोजर चलाएर सडक बचाउ अभियानमा लागेको बताएका थिए ।

कतिपयले प्रधानमन्त्रीले डोजर चलाएपछि ‘डोजर काण्ड’ भाइरल भएको भनेर पनि सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् ।


डोजरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भएको छ । जसलाई समाजिक सञ्जाल प्रयोगकर्ताले ‘डोजर काण्ड’को संज्ञा दिए ।
आजभोलि गाउँमा मात्रै हैन, शहरमा पनि केही कामका लागि डोजर चल्यो भने हेर्नेको ठूलो भीड लागिहाल्छ । यस्तो भीडमा युवाको संख्या नै अत्याधिक मात्रामा देखिन्छ ।

खासमा सामाजिक सञ्जाल प्रयोगकर्ताले डोजरलाई बेरोजगारीको समस्यासँग जोडेर भाइरल गराएका हुन् । यसैलाई आधार बनाएर दैनिक हजारौं पोष्टहरु हुन थालेका छन् ।


६ महिना खलासी कार्यकाल बिताएपछि उनको ड्राइभर पदमा बढुवा मने भएकोछ। मने यो अर्को छलाङ हो भन्ने हाम्रो बिश्वास पनि हो।

No comments:

Powered by Blogger.